वि.स. २०१८( सन् १९९०)तिर हाल अ.न.पा. ६ पोखरा स्थित स्थानमा डा. क्याथरीङले करिव ८ वर्षसम्म लेप्रोसि डिस्पेन्सरीका नामले सेवा प्रदान गरे । तत् पश्चात १९८६ सम्म अमेरिकन डा.मेनार्ड सिमनले सोहि स्थानमा १२ वेडको टि.वी.रलेप्रोसीका विरामिलाई लक्षित गरि अस्पताल संञ्चालनमा ल्याएको कुरा यो विषयका जानकारहरु बताउ छन् । त्यसपछि हालको अ.न.पा. ५ तुफानडांडा,डडेल्धुरा सदरमुकाम नजिक सन् १९८८देखि २५ वेडको अस्पताल संञ्चालनमा आयो सेवाको क्षेत्र पनि बढाइयो । करिव ६ वर्ष सम्म दुवै स्थानवाट समानान्तर रुपले सेवा संञ्चालन भइनै रह्यो । सन १९९४ मा अस्पतालको थप स्तरोउन्नति सहित अस्पताललाइ थप २५ वेड बढाइ ५० वेड सहित सेवामा थप विस्तार गरि सवै सेवाहरु सदरमुकाम स्थित असपताल वाट मात्रै दिन थालियो । यति वेला सम्म अस्पताल टिम अस्पतालका नामले सं१चालित थियो । भने वि.स. २०६४मा सो असपतालको व्यबस्थापकिय जिम्मेवारि एच.डि. सि.एस. नामक संस्थालाई दिई यो अस्पतालको नाम एच.डि. सि.एस. टिम असपतालका नामले संञ्चालनमा अगाडि बढदेै वि. स. २०७० सम्म सेवामा निरन्तरता थियो ।
यहिबेला सो अस्पताल र नेपाल सरकारबीच भएका द्घिपक्षिय सम्झौता अअनुरुप अस्पतालले सेवा सुविधा दिन न सकेको बढदो जनगुनासो माझ जिल्ला स्थित राजनैतिक दलहरु सम्मिलित अस्पताल व्यवस्थापन समितिले असपतालको म्याद थप नगर्न र यस जिल्लामा रहेको जिल्ला अस्पाललाई उप क्षेत्रीय अस्पतालमा स्तरोन्नति गरि दिन आग्रहका साथ नेपाल सरकार स्वास्थ्य मंन्त्रालयलाई सिफारिस गरिए अनुसार असपतालको म्याद थप हुन सकेन र जस अनुसार अस्पतालको सेवा यतिवेलै वाटबन्द हुन पुग्यो । करिव २ महिना सम्म सम्पुर्ण स्वास्थ्य सेवा प्रदानको अभिभारा जिल्ला अस्पतालले नै निर्वाह गर्नु पर्यो । जिल्ला स्थित राजनैतिक दलहरु र जन मानसको एच.डि. सि.एस. टिम असपताल प्रतिको आक्रोस र जिल्ला अस्पताल प्रतिको ठुलो भरोषाका माझ मिति २०७० साल अषाढ १ गते वाट तत्कालिन जिल्ला अस्पतालकै मौजुदा स्टाफ र उपकरणहरुकै भरमा तत्कालिन एच.डि. सि.एस. टिम असपतालले नै सेवा दिदै आईराखेको अस्पताल परिवेस बाट उप क्षेत्रीय अस्पतालको वोर्ड झुण्याउदै स्वास्थ्य सेवा प्रदान गर्ने कार्यको निरन्तरताकासाथ आजका दिन सम्म सेवामा निरन्तरता रहदै आएको थाहा हुन्छ । ..................................
सुदूरपश्चिमका आम नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन तथा सहज र सुलभ रुपमा आम नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुगाउनका निमित्त उपक्षेत्रीय अस्पताल डडेल्धुरा स्थापित भएको हो । यहाँका मानिसको आर्थिक अवस्था र उनीहरुको जिवनस्तरलाई पनि मध्यनजर राख्दै जटिल किसिमका स्वास्थ्य उपचार सेवा पनि यही उपक्षेत्रीय अस्पतालबाट प्रदान गर्नका लागि सधै तत्पर रहने हाम्रो प्रण हो । जसका लागि यहाँबाट प्रदान गरिने सेवाहरुको स्तर हिजोभन्दा आज र आजभन्दा भोली क्रमिक रुपमा सुधार हुनु जरुरी हुन्छ । यहाँका राजनीतिक दल तथा नागरिक समाज, स्थानिय बुद्धिजिवी सवैको साझा प्रयासले सुदूरपश्चिमको मध्यविन्दुमा अवस्थीत यस डडेल्धुरा जिल्लामा उप–क्षेत्रीय अस्पताल स्थापना भएको हो । अस्पताल विकास समितिको अध्यक्षको हैसियतले यस क्षेत्रको स्वास्थ्य अवस्थामा सुधार गर्नका निमित्त मलाई दिनुभएको यो महत्वपुर्ण जिम्मेवारीका प्रति म सधै उत्तरदायी छु । विकास समितिको अध्यक्षको हैसियतमा मैले अस्पतालमा जिम्मेवारी बहन गरेसंगै अस्पतालका सेवा सुविधाहरुमा विस्तार गर्न प्रयासरत छु । अस्पतालको आन्तरिक र वाह्य वातावरण केही हदसम्म क्रमिक रुपले सुधार भएको छ भने जटिल किसिमका स्वास्थ्य सेवाहरु पनि हिजोको दिनहरुभन्दा आज विस्तार हुदै गइरहेका छन् । आगामी दिनहरुमा अस्पतालको थप सेवा तथा संरचनाहरु विस्तार गर्नका निमित्त भइरहेको प्रयासमा पनि यहाँहरुले सधै साथ, सहयोग र सुझावहरु दिइरहनु हुनेछ भन्ने विश्वास छ । जटिल शल्यक्रिया लगायतका स्वास्थ्य सेवाहरु प्रदान गरिरहेको यो अस्पतालबाट छिट्टै सघन उपचार कक्ष लगायतका सेवाहरु विस्तार हुने क्रममा छन्, भने यस क्षेत्रका आम नागरिकको स्वास्थ्य अवस्था र वढ्दो स्वास्थ्य समस्याको चापलाई ध्यान दिदै विशेषज्ञ चिकित्सक सहित भौतिक सुविधा सम्पन्न उप–क्षेत्रीय अस्पताल बनाउने हाम्रो लक्ष्य हो । यसका लागि पुनः पनि यहाँ स्थित सवै राजनीतिक नेतृत्व तथा नागरिक समुदायको महत्वपुर्ण सहयोग रहने अपेक्षा गरेको छु । धन्यवाद

